ऋषिङमा नियम विपरित कम्प्युटर अपरेटर भर्ती गरी २० लाख भुक्तानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङमा नियम विपरित कम्प्युटर अपरेटर भर्ती गरी २० लाख भुक्तानी

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०७८, बिहीबार

    दमौली : ऋषिङ गाउँपालिकाले नियम विपरित कम्प्युटर अपरेटर भर्ती गरी २० लाख भन्दा बढि भुक्तानी गरेको छ । गाउँपालिकाले करारमा कर्मचारी भर्ती गरेर २० लाख ९६ हजार दुई सय ५० भुक्तानी गरेको हो ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ (८) बमोजिम पालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, माली लगायतका पदमा मात्र करारबाट लिन सकिने व्यवस्था गरेको छ। तर ऋषिङले त्यो बाहेक पनि विभिन्न पदमा करारमा राखेको छ भने रिक्त दरबन्दी नभएको पदमा समेत करारमा राखी खर्च गरेको छ ।

    कम्प्युटर अपरेटर पदमा विनोद रानाभाटलाई मासिक २८ हजार दुई सयका दरले वार्षिक ३ लाख ६६ हजार ६ सय तथा सहायक कम्प्युटर अपरेटर पदमा पॉच जना राखी १७ लाख २९ हजार ६ सय ५० भुक्तानी गरेको छ । उक्त रकम अनियमित देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।