काठमाडौं : नेकपा एकीकृत समाजवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने चार मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइएको छ ।
अन्तिम समयमा नेकपा एसको सचिवालयले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेर नाम बुझाएको हो । यसअघि सहरी विकास भनिएका विरोध खतिवडालाई स्वास्थ्यमन्त्री बनाइने भएको छ ।
त्यस्तै रामकुमारी झाँक्रीलाई पर्यटन र प्रेम आलेलाई सहरी विकास मन्त्रीको जिम्मेवारी दिन सिफारिस गरिएको एक नेताले बताए । किसान श्रेष्ठ श्रममन्त्री बन्ने भएका छन् भने भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।