दुलेगौडा : देशकै प्रमुख पृथ्वी राजमार्गको तनहुँस्थित गाछेपानी कोत्रे सडक खण्ड भत्किएर जीर्ण हुदाँ धुलो बुङ्बुङ्ती उड्ने गर्छ । सवारी चालकलाई सडक देख्न समेत मुस्किल हुन्छ । सडकको धुलोले बसी खप्नु नभएपछि शुक्रबार कोत्रेबासीले पाँच मिनेट राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरीले बल प्रयोग गरेर बाटो खुलाएको छ । धुलोले आजित भएका स्थानीयले सडकमा पानी हालेर धुलो कम गराउन माग गरेका थिए ।
सडक डिभिजन कार्यालयले सडकको स्वामित्व मुग्लिन पोखरा चार लेन सडक योजनालाई हस्तानतरण गरेको छ । मुग्लिन पोखरा सडक योजना पश्चिम ‐जामुने–पोखरा) खण्डको ठेक्का पाएको चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनका कामदार नेपाल आएर सडक मर्मतमा ढिलाई गर्दा दुर्घटनाको जोखिम बढेसँगै यात्रु र स्थानीयबासीको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको छ ।