दबाब र प्रभावमा काम नगर्न तनहुँका कर्मचारीलाई श्रममन्त्री श्रेष्ठको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दबाब र प्रभावमा काम नगर्न तनहुँका कर्मचारीलाई श्रममन्त्री श्रेष्ठको निर्देशन

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७८, आईतवार

    दमौली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले जनताको काममा ढिलासुस्ती नगर्न तनहुँका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् छ । मन्त्रीमा नियुक्त भएर गृहजिल्ला आएको अवसरमा जिल्ला समन्वय समितिमा आइतबार आयोजित कार्यालय प्रमुखहरुसँगको बैठकमा श्रेष्ठले सेवाग्राहीलाई सरल तरिकाले सेवा दिन कर्मचारीलाई निर्देशन दिएका हुन् ।

    कर्मचारी भनेको स्थायी सरकार भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने, “लोकतन्त्रका लागि सुशासन पहिलो प्राथमिकता हो, कार्यालयले प्रवाह गर्ने सेवा सुशासनमुखी हुनुपर्छ ।” मन्त्री श्रेष्ठले सरकारी कार्यालयमा ढिलासुस्ती नगर्न कार्यालय प्रमुखको ध्यानाकर्षण गराए ।

    “निर्धक्क भई आफ्नो काम, कर्तव्य पूरा गर्नुहोस्, कसैको दबाबमा काम नगर्न र आफू पनि लज्जित हुने काम नगरी कुनै राजनीति नगर्न निर्देशन दिन्छु,” मन्त्री श्रेष्ठले भने ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लाको शान्तिसुरक्षा र समग्र वस्तुस्थितिका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराए । सोक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न कार्यालयका प्रमुखहरुको सहभागिता थियो ।