कात्तिक ३ गतेसम्म पानी पर्ने, सतर्कता अपनाउन आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कात्तिक ३ गतेसम्म पानी पर्ने, सतर्कता अपनाउन आग्रह

    खबरपुञ्ज संवाददाता

    ३१ आश्विन २०७८, सोमबार

    काठमाडौ: सरकारले कात्तिक ३ गतेसम्म देशका विभिन्न नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरेको छ। 

    जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आइतबार रातिदेखि कात्तिक ३ गतेसम्म महाकाली, सेती, भेरी नदी र सुदूरपश्चिम प्रदेशको मध्यपहाड, चुरे र तराई भई बग्ने नदीमा बहाव भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो। 

    महाशाखाले कर्णाली, नारायणी, कोसी, तिनाउ, कन्काई नदी तथा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश, प्रदेश १ को मध्यपहाड, चुरे र तराई भइ बग्ने नदीमा बहाव बढ्न सक्ने पूर्वानुमान गरेको छ।