दमौली : तनहुँको व्यास नगरपालिका–५ स्थित मादी नदीमा साेमबार एक पुरुषको शव फेला परेको छ । मादी नदीको पुलमुनि तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो ।
मृत अवस्थामा फेला पर्नेमा व्यास नगरपालिका–१० बस्ने ७४ वर्षीय सोमे बोटे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । आइतबार दिउँसो औषधि किन्न जान्छु भनेर घरबाट हिँडेका बोटे घर फर्किएका थिएनन् ।
नदी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।