दमौली : व्यास नगरपालिकामा कात्तिक ११ गते एष्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइने भएको छ । गत भदौमा पहिलो मात्रा लगाएका लक्षित समूहलाई दोस्रो मात्रा लगाउन लागिएको हो ।
आदिकवि भानुभक्त क्याम्पस, दमौली मावि, सत्यवती मावि, महर्षि वेदव्यास संस्कृत मावि तथा विभिन्न स्वास्थ्य संस्थामार्फत् खोप अभियान सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।
१८ वर्षमाथिका कक्षा १२ का विद्यार्थी, सौन्दर्य व्यवसायी, तरकारी व्यवसायी, शैलुन व्यवसायी, जनगणनाका कर्मचारी लगायतलाई खोप लगाइनेछ । साथै व्यास नपाको सभाहलमा कात्तिक १२ र १४ गते पनि खोप सञ्चालन हुनेछ ।