ऋषिङमा गञ्जसिंह गुरुङ सर्वसम्मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङमा गञ्जसिंह गुरुङ सर्वसम्मत

    खबरपुञ्ज संवाददाता

    १० कार्तिक २०७८, बिहीबार

    दुलेगौँडा : नेकपा एमाले ऋषिङ गाउँ कमिटीको अध्यक्षमा गञ्जसिंह गुरुङ सर्वसम्मत भएका छन् । बिहीबार भएको गाउँ अधिवेशनले गुरुङलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । उनी यसअगाडी पनि गाउँ कमिटी अध्यक्ष थिए ।

    उपाध्यक्षमा हरिसिंह थापा, सचिवमा कविराज श्रेष्ठ, उपसचिवमा भुवनबहादुर राना र पुननारायण विक सर्वसम्मत भएको छ । गाउँ कमिटी ५३ सदस्यीय बनेको छ । यो सँगै तनहुँका सात स्थानीय तहमा नेकपा एमालेको गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको छ ।

    मंगलबार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा सर्वसम्मत सम्पन्न भएको थियो । मंगलबार सुरु भएको अधिवेशन भिमादमा बुधबार सकिएको हो ।

    व्यासमा विरेन्द्र अधिकारी, शुक्लागण्डकीमा मुक्तिनाथ तिम्लिसिना, भानुमा प्रेमकुमार राना, बन्दीपुरमा सुरेन्द्र थापा, आँबुखैरेनीमा मिना थापा गाउँ तथा नगर कमिटिको अध्यक्ष बनेका हुन् । अब जिल्ला तीन गाउँपालिकामा गाउँ अधिवेशन बाँकी छ ।

    घिरिङ गाउँपालिकाको अधिवेशन मंगलबार सुरु भएर १५ कात्तिकसम्मलाई स्थगीत भएको हो । देवघाट गाउँपालिकाको १४ कात्तिक र म्याग्दे गाउँपालिकाको १५ कात्तिकमा अधिवेशन सुरु हुनेछ ।