काठमाडाै : सत्ता दलहरुको गठबन्धनको बैठकले नेपाली सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको पाँचदलीय गठबन्धनको बैठकले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक गठन गर्ने निर्णय गरेको हो ।
संयन्त्रमा ५ दलका २–२ जना सदस्य रहनेछन् । मन्त्रिपरिषदबाट सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि कार्यदलका सदस्य रहनेछन् । प्रधानमन्त्री शेरबहादुर देउवा पनि कार्यदलको बैठकमा सहभागी हुनेछन् ।
राजनीतिक संयन्त्रको नेतृत्व सुरुमा दुई महिना कांग्रेसका पौडेलले गर्नेछन् भने त्यसपछि आलोपालोमा गठबन्धनमा आबद्ध पार्टीले त्यसको नेतृत्व गर्नेछन् ।
संयन्त्रमा कांग्रेसको तर्फबाट पौडेल र कृष्ण सिटौला, माओवादीको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)को तर्फबाट माधव नेपाल र अन्य एकजना, जसपाको तर्फबाट उपेन्द्र यादव र अन्य एकजना, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र अन्य एकजना सदस्य रहनेछन् ।