खुला सहमहामन्त्री पद थप्न गोविन्द भट्टराईको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    खुला सहमहामन्त्री पद थप्न गोविन्द भट्टराईको माग

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०७८, आईतवार

    काठमाडौ : नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले कांग्रेसको १४ औं महाधिवेशनमा खुला सहमहामन्त्री पद थप्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा लाई माग गरेका छन् ।

    उनको प्रस्तावमा देउवाले सबको सहमति हुन्छ भने थप्ने तर रामचन्द्र पौडेल मान्दैनन् भनि जवाफ फर्काएका थिए ।

    बुढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा भट्टराईले ८ वटा क्लस्टर छ । खुला पनि चाहियो । खुला सहमहामन्त्री हुनुपर्छ भनि देउवासँग माग राखेका थिए ।

    देउवा र भट्टराईको कुराकानी यस्तो थियो:

    गोविन्द भट्टराई : त्यस्तो आयो भने हेर्ने । ८ वटा क्लस्टर छ खुला पनि चाहियो । खुला सहमहामन्त्री हुनुपर्छ । क्लष्टरको मात्रै राख्नु राम्रो भयन । खुला सहमहामन्त्री चाहिन्छ।

    देउवा : सबको सहमति हुन्छ भने ४-५ वटा थप्दिउ । रामचन्द्रले मान्दैनन्, मैले त मानेकै छु । रामचन्द्रले मान्दैन ।

    देउवा : मेरो समर्थन छ तर रामचन्द्र मान्दैन के गर्ने ?

    गोविन्द: नभय भोटिङ गरेर पनि टुंग्याउनुपर्छ ।

    देउवा : पछि फेरि मिटिङ बोलाउछु । यसबारे कुरा गरौंला ।

    (नेपाल प्रेसबाट)