दमौली : नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले मंगलबार आव्हान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा सोमबार सॉझ दमौलीमा विरोध सभा गरेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपाले नेपाल बन्द आव्हान गरेको छ ।
बन्दको पूर्वसन्ध्यामा दमौलीस्थित ट्राफिक चोकमा कोणसभा गर्दै सो पार्टीले मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएको छ । सो पार्टीका कार्यकर्ताले मसाल जुलुश निकाल्न खोजेपनि प्रहरीले हस्तक्षेप गरेको थियो ।