पोखरा : अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले ‘म अखिल’ अभियान शुभारम्भ गरेको छ । विपत्तिमा सहारा : विभेदमा विद्रोह नाराका साथ अखिलले उक्त अभियान सुरु गरेको हो ।
सोमबार पोखरामा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकीका संयोजक किरण गुरुङले उक्त अभियानको शुभारम्भ गरे ।
अनेरास्ववियु यही अभियानका साथ प्रदेशका सबै विद्यालयमा पुग्ने र नागरिक र विद्यार्थीको गुनासोलाई सम्बन्धित निकायमा पुर्याउने प्रदेश कमिटी सचिव आरके पोख्रेलले जानकारी दिए । अखिलले हेल्पलाईन समेत सञ्चालन गरेको छ । त्यसका लागि ९८४६५७०१५६ नम्बरमा ह्वाट्स एप र भाइबरम् सम्पर्क गर्न सकिनेछ ।