सांसद गुरुङले भने : नेकपा एमालेप्रति दृढ छु, विचलित हुन पर्दैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सांसद गुरुङले भने : नेकपा एमालेप्रति दृढ छु, विचलित हुन पर्दैन

    खबरपुञ्ज संवाददाता

    २९ कार्तिक २०७८, मंगलवार

    दमौली : नेकपा एमालेको महाधिवेशन प्रतिनिधि छनौटबाट वन्चित भएपछि गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङले आफू नेकपा एमाले पार्टीप्रति दृढ रहेको बताएका छन् ।

    मंगलबार फेसबुकमार्फत् सन्देश सार्वजनिक गर्दै गुरुङले भने, “मेरा पार्टी नेकपा ( एमाले) प्रति दृढ छु , यो पार्टी जनताको पार्टी हो , पार्टीको एक सिपाही हुनुको नाताले निरन्तर योगदान गरि नै रहने छु ।” उनले यस घटनालाई लिएर कोही पनि कार्यकर्ता विचलित नहुन आग्रह गरेका छन् । “ म हरेक परिस्थितिमा तपाईंहरुकै साथमा रहने छु । साथै पार्टीमा न्याय हुन्छ भन्नेमा पनि पुर्ण रुपमा विश्वस्त छु,” उनले भने ।

    गुरुङले आन्तरिक प्रतिस्पर्धालाई आत्मसात गर्न नसक्ने केही व्यक्तिको कुत्सित मानसिकताका कारण आफू महाधिवेशन प्रतिनिधि वन्चित भएको उल्लेख गर्दै भने, “ यस खालको हर्कतले मलाई मात्रै होईन सिंगो क्षेत्र र आम कार्यकर्तामाथि कै अपमान भएको महसुस भएको छ ।”

    गुरुङले तनहुँमा पार्टीलाई बलियो बनाउन अहोरात्र खटिएको बताउँदै आफ्नो योग्यता, क्षमता र सामर्थ्यले भ्याएसम्म रातदिन नभनी पार्टी निर्माणमा जुटेको उल्लेख गरे । “प्रत्येक कार्यकर्तालाइ भेटेर उर्जा दिने काममा कुनै कसर बाँकी राखेको छैन । तनहुँ १ का जनताप्रति मेरो अथाह माया छ, मैले गर्न सक्ने सेवा सम्पुर्ण रुपले गरेकै छु” उनले भने, “ विकास निर्माणमा भरपुर ध्यान दिएको छु । यसैले पनि जनताको म प्रति अटल विश्वास र माया छ , कार्यकर्ताको उत्तिकै सद्भाव र भरोसा छ ।”