मतदाता भेटघाट तीव्र बनाउँदै प्रदेश सभापतिका उम्मेदवार मियॉ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मतदाता भेटघाट तीव्र बनाउँदै प्रदेश सभापतिका उम्मेदवार मियॉ

    खबरपुञ्ज संवाददाता

    ३० कार्तिक २०७८, बुधबार

    दमौली : नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा (क) का सभापतिका उम्मेदवार शेष मोहम्मद हनिफ (गोरा मियॉ) ले मतदाता भेटघाट अभियान तीव्र पारेका छन् । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तरगत मंसिर ३ गते हुने प्रदेशको निर्वाचनका लागि मियॉले मतदाता भेटघाट अभियानलाई तीव्र पारेका हुन् ।

    मियॉले भानु नगरपालिका र व्यास नगरपालिकाका विभिन्न वडामा पुगेर आफूलाई विजयी गराउन मत मागिरहेका छन् । भानु र व्यासका विभिन्न वडामा पुग्दा मतदाताबाट राम्रो प्रतिक्रिया पाएको मियॉले बताए ।

    दुई कार्यकाल जिल्ला कार्यसमितिको सदस्य, नेपाल मुस्लिम संघका पूर्व केन्द्रीय सचिव भइसकेका मियॉ नेपाल तरुण दल तनहुँका पूर्व अध्यक्ष समेत हुन् ।

    के छ योजना ?

    प्रदेश सभापतिका उम्मेदवार मियॉले आफ्ना योजना समेत सार्वजनिक गरेका छन् । उनले प्रदेश समितिको आफ्नै भवन निर्माण गर्ने, पार्टीभित्र सक्रिय युवाहरुलाई प्रोत्साहन गर्दै सांगठनिक कार्यमा सक्रिय गराउने योजना सार्वजनिक गरेका छन् ।