दमाैली : नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नम्बर २ प्रदेश (ख) को सभापतिमा इन्द्रबहादुर आले निर्विरोध निर्वाचित भएका छन् । काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार हुने प्रदेश सभा निर्वाचन अन्तर्गत सबै पदमा निर्विरोध नेतृत्व चयन भएको हो । निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ताको कार्यक्रम थियो ।
प्रदेश सभापतिमा इन्द्रबहादुर आले निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै दुई उपसभापतिमा इमानसिंह थापा र आनन्द देव श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । सचिवमा सुशील कुमार श्रेष्ठ र अशोक गिरी, सहसचिवमा चुननारायण श्रेष्ठ र माधव लम्साल निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी प्रदेश अधिवेशन प्रतिनिधिमा विष्णुविर थापा, नारायणप्रसाद भट्टराई, ध्रुवकुमार श्रेष्ठ, सीता कुमाल, मदन थापा, मिरा आले थापा, श्रीराम आले, मथुराकृष्ण श्रेष्ठ, राजेन्द्र अर्याल, भविसरा आले, विजयराज सुवेदी, पदमबहादुर थापा, तिलिसिरा थापा, रोमाया थापा, प्रभात आले, कुलबहादुर सुनार र चिनबहादुर आले निर्विरोध निर्वाचितभएका छन् ।