दुलेगौडा : नेपाली कांग्रेस तनहुँ २ (क) को सभापतिमा जितराज राना विजयी भएका छन् । शनिबार बिहान सकिएको मत परिणाम अनुसार राना सभापतिमा विजयी भएका हुन् । पदाधिकारी तथा प्रदेश प्रतिनिधिमा पनि रानाको प्यानल विजयी भएको छ ।
रानाले २३८ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी हिराबहादुर थापाले १८१ मत प्राप्त गरेका छन् । उपसभापतिमा पशुपति क्षेत्री (२२९) र रेशमलाल पौडेल (२४६) विजयी भएका छन् ।
सचिवमा राजेशकुमार श्रेष्ठ (२४४) र हरि भण्डारी (२२४) विजयी भएका छन् । सहसचिवमा केश बहादुर थापा (२३६) र मुक्तिप्रसाद सापकोटा (२२६) विजयी भएका छन् ।
प्रदेश प्रतिनिधिमा तुल बहादुर गुरूङ २४९, रविचन्द्र पौडेल २४५, लोकेन्द्र थापा २१७, श्रीबहादुर थापा २२९, शिव बहादुर आले २३३, शिवशरण वाग्ले २२९ र समुन्द्रराम श्रेष्ठ २१६ मत प्राप्त गरी विजयी भएका छन् ।
यस्तै बासना श्रेष्ठ २२६, बिना खनाल “हरीकला” २१४ र सुलोचना गौतम १९९ मत प्राप्त गरी विजयी भएका छन् ।
यस्तै जुक्त्तराज वाग्ले २२३, निशादेवी पौडेल २१९, अन्जन कुमार श्रेष्ठ “कान्छा” २४७, हिरालाल गुरूङ २३०, सीता कुमाल २१७, डोल बहादुर सुनार २३२ निर पुन १९३ मत प्राप्त गरी विजयी भएका छन् ।