काठमाडौ : नेकपा एकीकृत समाजवादी पार्टी निकट तनहुँ-काठमाडौ सम्पर्क मञ्चको अध्यक्षमा श्रीराम पौडेल चयन भएका छन् । शनिबार सम्पन्न मञ्चको अधिवेशनबाट पौडेलको अध्यक्षतामा ३७ सदस्यीय कमिटी गठन भएको हो।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताए । नेपालले गठबन्धन सरकारले जनताको हित हुने गरी काम गरिरहेको बताए ।
नेपालले पाँच दलको एकता बलियोरहेको भन्दै गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताए । उनले राष्ट्रियसभा तथा उपचुनावमा गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर सवै क्षेत्रमा विजय हासिल गर्ने बताए ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगार क्षेत्रलाई पनि बेथिती मुक्त बनाउने प्रतिवद्धता जनाए । वैदेशिक रोजगारीको क्षेत्रमा रहेका बेथिती हटाउँदै व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन कानूनलाई कडाइका साथ कार्यान्वयनगरिने उनको भनाइ छ ।