कांग्रेस गण्डकी प्रदेशको सभापतिमा रघुनाथको उम्मेदवारी किन ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस गण्डकी प्रदेशको सभापतिमा रघुनाथको उम्मेदवारी किन ?

    खबरपुञ्ज संवाददाता

    ९ मंसिर २०७८, शुक्रबार

    दमौली : नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले कांग्रेसको गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। दमौलीमा पत्रकार सम्मेलन गरेर पौडेलले प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    कांग्रेसको पार्टी संगठनलाई विधानसम्मत ढंगले चलाउन गर्नुपर्ने पार्टीको विविध विभागहरुको गठन गर्न, महाधिवेशनबाट गठन हुने समितिलाई विधानसम्मत रुपमा परिचालन गर्न प्रदेश सभापतिमा उम्मेदवारी दिने पौडेलले बताए ।

    विपक्षी दलका कार्यकर्तासँग आफ्ना कार्यकर्तालाई सैद्धान्तिक बहस गर्न सक्ने बनाउने आफ्नो एजेन्डा रहेको उनको भनाई छ ।

    विसं २०३२ देखि पार्टीको विभिन्न संगठनमा बसेर काम गरेका पौडेल तीन कार्यकाल सभापति बनेका थिए।