दमौली : नेपाली कांग्रेस तनहुँको जारी मतगणनामा सभापतिका उम्मेदवार जितप्रकाश आलेले अग्रता कायमै राखेका छन् । एक हजार मतगणना सकिदा आलेले प्रतिस्पर्धी वैकुण्ठ न्यौपानेले भन्दा एक सय चार मत बढी प्राप्त गरेका छन् ।
आलेले ५३७ मत प्राप्त गरेका छन् । सभापतिका उम्मेदवार वैकुण्ठ न्यौपानेले ४३३ मत प्राप्त गरेका छन् ।
उपसभापतिका उम्मेदवार उदयराज गौलीले ३०५, किसान गुरुङले ४८४, देवकुमार श्रेष्ठले ४९० र राजेन्द्रकृष्ण श्रेष्ठले ५२३ मत प्राप्त गरेका छन् ।
सचिवका उम्मेदवार केशबहादुर सुनारले ४००, मोहन गिरीले ४४६, लक्ष्मीभक्त खनालले ५७७, सहदेव अधिकारीले ४५९ मत प्राप्त गरेका छन् ।
सहसचिवका उम्मेदवार धीरेश खनालले ४२८, परमेश्वर भट्टराईले ४७६, मिलन आलेले ५२३ र हुतमणि अधिकारीले ४४४ मत प्राप्त गरेका छन् ।