दमौली : नेकपा एमालेको चितवनमा जारी दशौ महाधिवेशनबाट केन्द्रीय कमिटीमा तीन जना समेटिएका छन् । अध्यक्ष केपी ओलीले सर्वसम्मतका लागि प्रस्ताव गरेको नामावलीमा तनहुँका तीन जना केन्द्रीय कमिटीमा समेटिएका हुन् ।
किरण गुरुङ, टुकराज सिग्देल र सविता रसाइली केन्द्रीय कमिटीमा चयन भएका छन् ।