बहालवाला तीन मेयरले कार्यकर्ताको मन जित्न सकेनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बहालवाला तीन मेयरले कार्यकर्ताको मन जित्न सकेनन्

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०७८, सोमबार

    दमाैली : नेपाली कांग्रेस तनहुँको निर्वाचनबाट बहालवाला तीन मेयर पदाधिकारीमा पराजित भएका छन् । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र भानु नगरपालिकाका मेयर पदाधिकारीमा पराजित भएका हुन् ।

    आइतबार राति सार्वजनिक मतपरिणाम अनुसार व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने सभापतिमा, शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ र भानु नगरपालिकाका मेयर उदयराज गौली उपसभापति पदमा पराजित भएका हुन् । उनीहरुले आफ्नै कार्यकर्ताको मन जित्न सकेनन् ।

    ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ भने उपसभापति पदमा निर्वाचित भएका छन् ।