


दमाैली : नेपाली कांग्रेस तनहुँका नवनिर्वाचित सभापति जितप्रकाश आलेलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बधाई दिएका छन् । आइतबार सम्पन्न निर्वाचनबाट सभापतिमा निर्वाचित आलेलाई बधाई दिँदै देउवाले सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
सभापतिमा निर्वाचित आलेले ९५१ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धी वैकुण्ठ न्यौपानेले ७८३ मत प्राप्त गरेका थिए । पदाधिकारीमा एक सहसचिव बाहेक सबै पदाधिकारी आले प्यानलबाट निर्वाचित भएका छन् ।