निर्वाचनमा सरकारी संयन्त्रको हस्तक्षेप भयो, मतदातालाई मतदानबाट वञ्चित गरियो : वैकुण्ठ न्यौपाने (विज्ञप्ती सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्वाचनमा सरकारी संयन्त्रको हस्तक्षेप भयो, मतदातालाई मतदानबाट वञ्चित गरियो : वैकुण्ठ न्यौपाने (विज्ञप्ती सहित)

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०७८, सोमबार

    दमाैली : नेपाली काङ्ग्रेस तनहुँका सभापतिका उम्मेदवार वैकुण्ठ न्यौपानेले काङ्ग्रेसको निर्वाचनमा सरकारी संयन्त्रको ठाडो हस्तक्षेप भएको आरोप लगाएका छन् । सभापतिमा पराजयपछि सोमबार प्रेस विज्ञप्ती सार्वजनिक गर्दै न्यौपानेले काङ्ग्रेसको निर्वाचनमा सरकारी संयन्त्रको ठाडो हस्तक्षेप हुनुका साथै निर्वाचित प्रतिनिधिहरुसँग उम्मेदवार भेटघाट गर्न त्रासको वातावरण सिर्जना गरिएको आरोप लगाएका छन् ।

    “निर्वाचनका लागि लाइनमा भएका मतदातालाई मतदान गर्नबाट वञ्चित गर्नु लगायतका परिघटनाहरुले पार्टीको आन्तरिक राजनीतिमा हामीले कस्तो संस्कृति बसाउन खोजेका छौ ?” उनले प्रश्न गरेका छन्, “प्रतिशोधपूर्ण संस्कृतिले आगामी राजनैतिक यात्रामा सबैलाई असर पु¥याउने हुँदा प्रतिपक्षसँगको प्रतिस्पर्धामा हामी कसरी एक अर्काका सहयोगी बनौला ?”

    न्यौपानेले निर्वाचनलाई तनहुँ जिल्लाको नेपाली काङ्ग्रेसको राजनैतिक जीवन पद्धतिमा केही सिक्ने अवसर प्राप्त भएको बताए । न्यौपानेले निर्वाचनमा आफूलाई मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गर्दै पार्टी सङ्गठनलाई सुदृढ गर्न क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् ।

    न्यौपानेले प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा विजयी हुने सबै उम्मेदवारलाई बधाई ज्ञापन समेत गरेका छन् ।

    May be an image of text