ऑबुखैरेनी : तनहुँको ऑबुखैरेनी गाउँपालिका-६ को वडा कार्यालय भवन निर्माण हुने भएको छ । हिलेखर्कमा बुधबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले भवनको शिलान्यास गरेका छन् ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि सबै वडा कार्यालयको पूर्वाधारमा जोड दिइएको थापाले बताए ।
सभाहल सहित दुई तलाको बन्ने वडा कार्यालय भवनको लागत भ्याट सहित ७३ लाख ५४ हजार १ सय ५९ रहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए।
भवन निर्माणको काम मनोकामना गुरुङ निर्माण सेवा आँबुखैरेनीले पाएको छ । आगामी २०७९ असार १५ गतेसम्ममा भवन निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता भएको छ ।