शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवालाको चासो आवश्यक : मुख्यमन्त्री पोखरेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवालाको चासो आवश्यक : मुख्यमन्त्री पोखरेल

    खबरपुञ्ज संवाददाता

    १९ मंसिर २०७८, सोमबार

    दमाैली : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले शिक्षाको गुणस्तर वृद्धिका लागि सरोकारवालाको चासो आवश्यक रहेको बताएका छन् । तनहुँको भानु नगरपालिका–११ मानेचौकास्थित त्रिभुवन क्याम्पसको सोमबार आयोजित २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सबैको चासो भएमात्रै शिक्षाको गुणस्तरमा सुधार आउने जिकिर गरे ।

    शिक्षाको गुणस्तर सुधार्न अभिभावक, विद्यार्थी, शिक्षक सबैको चासो र चिन्तन आवश्यक रहेकामा मुख्यमन्त्री पोखरेलले जोड दिए । मुख्यमन्त्री पोखरेलले सबै विद्यालयमा प्राविधिक र गुणस्तरीय शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे ।गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गरिसकिएको भन्दै मुख्यमन्त्री पोखरेलले अब साक्षरताको अनुगमन र कार्यान्वयमा जोड दिइने बताए ।

    क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले शिक्षालाई नगरपालिकाले प्राथमिकता दिएको बताए ।वार्षिकोत्सवको अवसरमा क्याम्पसले आयोजना गरेको विभिन्न प्रतियोगिताका विजेतालाई मुख्यमन्त्री पोखरेलले पुरस्कार वितरण गरेका थिए ।