समन्वय समितिको जग्गाको समस्या समाधान गर्न माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    समन्वय समितिको जग्गाको समस्या समाधान गर्न माग

    खबरपुञ्ज संवाददाता

    ११ पुष २०७८, सोमबार

    दमौली । जिल्ला समन्वय समितिले आफ्नो नाममा रहेका जग्गाहरुको आवश्यक नीतिगत निर्माण गरी समस्या समाधान गर्न सरकारसँग माग गरेको छ। समितिका प्रमुख शान्तिरमण वाग्लेले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो।

    समन्वय समितिले जिससमा नियु्क्त भई सेवा निवृत्त भएका कर्मचारीले पाउनुपर्ने सेवा सुविधाको एकमुष्ठ समस्या प्रस्तुत गरि रकम निकासा गरिदिन समेत अनुरोध गरेको प्रवक्ता एवं सदस्य गलबहादुर गुरुङले जानकारी दिए । वाग्ले नेतृत्वको टोलीले मन्त्री श्रेष्ठ र सचिव सुरेश अधिकारीसँग भेट गरेको थियो ।

    टोलीमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्त, जिसस उपप्रमुख पवित्रा पौडेल, सदस्यहरु निल बहादुर थापा, केश बहादुर सुनार, अर्जुन अधिकारी, गल बहादुर गुरुङ, सरस्वती गौतम, धनी माया थापा र समन्वय अधिकारी प्रेम राज गिरीको सहभागिता थियो ।