रोजगारमूलक शिक्षा आजको आवश्यकता : पूर्वमन्त्री भण्डारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रोजगारमूलक शिक्षा आजको आवश्यकता : पूर्वमन्त्री भण्डारी

    खबरपुञ्ज संवाददाता

    १८ पुष २०७८, सोमबार

    दमाैली । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले रोजगारमूलक शिक्षा आजको आवश्यकता भएकामा जोड दिएका छन् । तनहुँको भानु नगरपालिका–११ रुपाकोटस्थित राष्ट्रिय माध्यमिक विद्यालयको साेमबार आयोजित ५९ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै पूर्वमन्त्री भण्डारीले परम्परागत शिक्षाले बेरोजगार जनशक्ति मात्रै उत्पादन भइरहेकाले रोजगारमूलक शिक्षा आवश्यक रहेको बताए ।

    शिक्षालाई रोजगारसँग जोडेर दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा उहाँको जोड थियो । रोजगारमूलक शिक्षा नहुँदा राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी औचित्यहीन भएको भण्डारीले बताए ।

    मुलुकलाई सही दिशामा दिशामा लैजान जनताले काङ्ग्रेसलाई साथ दिनुपर्नेमा भण्डारीको जोड थियो । निकट भविष्यमा हुने तीन वटै तहको निर्वाचनमा काङ्ग्रेसले बहुमत ल्याउने दावी गर्दै त्यसका लागि काङ्ग्रेसभित्र एकता र सहकार्य आवश्यक रहेको भण्डारीले बताए ।