दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ पॉच वटा कार्यक्रममा सहभागी हुन गृहजिल्ला आउने भएका छन् । व्यास नगरपालिका र ऋषिङ गाउँपालिकाका विभिन्न स्थानमा आयोजना हुने कार्यक्रममा सहभागी हुन मन्त्री श्रेष्ठ शुक्रबार गृहजिल्ला आउन लागेका हुन् ।
मन्त्री श्रेष्ठले शनिबार आयोजना हुने व्यास नगरपालिका–१ स्थित रानाभाट सेवा समाजको भवन उद्घाटन, तनहुँ उद्योग वाणिज्य संघको साधारणसभा, व्यास–९ गजौडे र व्यास–६ स्थित कृषि सहकारीको साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम रहेको स्वकीय सचिव जगत खड्काले जानकारी दिए ।
त्यस्तै ऋषिङ गाउँपालिका-४ स्थित बालविकास माध्यमिक विद्यालयको वार्षिकोत्सवको पनि मन्त्री श्रेष्ठले उद्घाटन गर्नेछन् ।