दमौली । व्यास नगरपालिका-१३ पोखरीभन्ज्याङस्थित जनजागृति गङ्गा माध्यमिक विद्यालय पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा सनम तामाङ चयन भएका छन् । पूर्व विद्यार्थीको शुक्रबार सम्पन्न भेलाले तामाङको अध्यक्षतामा मञ्च गठन गरेको हो ।
जसको उपाध्यक्षमा लिला पन्थ, सचिवमा नवीन पुरी, कोषाध्यक्षमा शर्मिला पन्थ, सहसचिवमा सागर पाण्डे र सदस्यहरुमा आनन्द मगर, यामबहादुर थापा, नरेश गिरी, प्रताप भुजेल, उमेश गिरी, हरिराम बस्नेत, विमला रोका, विष्णु नेपाली, याम बहादुर थापा र कुमारप्रसाद बराल चयन भएका छन् ।