दमाैली । तनहुँको व्यास नगरपालिका–५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति सम्मान प्रदान गरिने भएको छ । सामाजिक जागरणमा पु¥याएको योगदानको कदर गर्दै सिद्धि सेतुली स्मृति प्रतिष्ठान पोखराले आश्रमलाई उक्त सम्मान गर्न लागेको हो ।
सम्मानको राशी रु एक लाख नगद रहेको प्रतिष्ठानले जनाएको छ । माघ ७ गते आयोजना हुने कार्यक्रममा उक्त सम्मान प्रदान गरिने प्रतिष्ठानले जानकारी दिएको छ ।
महिलाद्वारा सञ्चालित आश्रमले अशक्त, असहाय, विपन्न र बेसहारा ज्येष्ठ नागरिकको संरक्षण गर्दै आएको छ । महिलाहरुले ज्येष्ठ नागरिकको दिवङ्गत हुँदा समेत आफैले शव बोकेर घाटसम्म लैजाने गरेका छन् ।