दमौली । तनहुँमा मंगलबार ९८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार ४६ महिला र ५२ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
त्यसमध्ये व्यास प्रयोगशालामा गरिएको पिसीआर परीक्षणबाट २२ जना पहिचान भएका हुन् । अरु एन्टिजेन परीक्षणबाट पहिचान भएको बताइएको छ । पछिल्लो केही दिन यता जिल्लामा कोरोना सङ्क्रमण बढ्दै गएको छ ।
यसैगरी जिल्लामा कोरोना सङ्क्रमण हुने स्वास्थ्यकर्मीको संख्या ८३ पुगेको छ ।