श्रममन्त्री श्रेष्ठको तलब कालिका उच्च माविलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    श्रममन्त्री श्रेष्ठको तलब कालिका उच्च माविलाई

    खबरपुञ्ज संवाददाता

    १७ माघ २०७८, मंगलवार

    दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तलब बापतको ५० हजार भानु नगरपालिका-९ स्थित कालिका उच्च माविलाई सहयोग गरेका छन् । विद्यालयको शैक्षिक सुधारका लागि मन्त्री श्रेष्ठले उक्त रकम सहयोग गरेका हुन् ।

    उक्त रकम मंगलबार व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादु राउतलाई हस्तान्तरण गरिएको मन्त्री श्रेष्ठका स्वकीय सचिव जगतबहादुर खड्काले जानकारी दिए ।

    श्रेष्ठले आफूले पाउने तलब बापतको रकम जिल्लाका सङ्घसंस्थालाई उपलब्ध गराउँदै आएका छन् । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्दादेखि नै श्रेष्ठले तलब नलिने घोषणा गरेका थिए । त्यसयता श्रेष्ठले तलब बापतको रकम विभिन्न विद्यालय, खानेपानी, बिरामी लगायतलाई सहयोग गरेको खड्काले बताए ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।