विभिन्न पर्वले मौलिक संस्कृति प्रबद्र्धनमा सहयोग पुग्छ : श्रममन्त्री श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विभिन्न पर्वले मौलिक संस्कृति प्रबद्र्धनमा सहयोग पुग्छ : श्रममन्त्री श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    १७ माघ २०७८, मंगलवार

    दमाैली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विभिन्न पर्वहरुले मौलिक संस्कृति प्रबद्र्धनमा सहयोग पुग्ने बताएका छन् । तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारको अवसरमा मङ्गलबार शुभकामना दिँदै मन्त्री श्रेष्ठले सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउन यस्ता पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

    यस पर्वले सम्पूर्ण नेपालीमा बन्धुत्व र एकताको भावना बढाइ आर्थिक, सामाजिक रुपान्तरणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै मन्त्री श्रेष्ठले भनेका छन्, “विविधतापूर्ण संस्कृति नेपालको मौलिक पहिचान हो । एक अर्काको भाषा, धर्म, संस्कृति र परम्परालाई सम्मान गर्ने नेपाली संस्कृति हो ।”

    मन्त्री श्रेष्ठले सोनाम ल्होसारको अवसरमा तामाङ तथा शेर्पा समुदाका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीघार्यु एवं उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।