दमाैली । तनहुँ जिल्ला फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी जिल्ला लिग प्रतियोगिता अन्तर्गत आज भएको खेलमा खैरेनी युवा क्लव र अजम्बरी युवा क्लवले जित हासिल गरेको छ ।
खैरेनी युवा क्लव र नवमित्रता युवा क्लवबीच भएको खेलमा खैरेनी युवा क्लव विजयी भएर तीन अङ्क प्राप्त गरेको छ । खेलमा खैरेनी युवा क्लव १–० ले विजयी भएको छ । खैरेनीका लागि सुमन श्रेष्ठले एक गोल गरेका थिए ।
अजम्बरी युवा क्लव र मस्र्याङ्दी युवा क्लवबीच भएको खेलमा अजम्बरी ३–० ले विजयी भएको छ । जितसँगै अजम्बरीले तीन अङ्क प्राप्त गरेको छ । अजम्बरीका लागि अजित मगरले दुई र देव आलेले एक गोल गरेका थिए ।
हैरान्स र दोभान युवा क्लवबीच भएको खेल भने बराबरीमा टुङ्गिएपछि दुवैले एक÷एक अङ्क बाँडेका छन् । निर्धारित समयमा दुवै समूहबाट गोल हुन सकेको थिएन ।
युवा क्लव भिमादको सहआयोजनामा जारी प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख र द्वितीय हुनेलाई नगद रु ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घले जनाएको छ । एन्फासँग आबद्ध भएर प्रतियोगितामा सहभागिता जनाएका दश वटा क्लवलाई रु १५ हजारका दरले प्रदान गरिने आयोजकले जनाएको छ ।