एमाले अध्यक्ष ओलीलाई स्काउटको ‘मेधावी योगदान’ पदक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमाले अध्यक्ष ओलीलाई स्काउटको ‘मेधावी योगदान’ पदक

    खबरपुञ्ज संवाददाता

    ८ फाल्गुन २०७८, सोमबार

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्व स्काउट एसिया प्रशान्त क्षेत्रको ‘मेधावी योगदान’ पदक प्राप्त गरेका छन् ।

    विश्व स्काउट एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धन मार्फत् बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानका लागि उक्त पुरस्कार प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ ।

    नेपाल स्काउटका अनुसार ओली ‘मेधावी योगदान’ पदक प्राप्त गर्ने पहिलो नेपाली हुन् । प्रधानमन्त्रीकै रुपमा ओलीले ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रम नै सुरुआत गरेका थिए ।

    नेपाल स्काउटलाई ७ सय ५३ वटै स्थानीय तहमा विस्तार गर्न सहयोग गरेको भन्दै सो पुरस्कार प्रदान गरिएको नेपाल स्काउटले जनाएको छ ।