सुन्दरबजारका जनप्रतिनिधि र कर्मचारीलाई मानवअधिकार तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    सुन्दरबजारका जनप्रतिनिधि र कर्मचारीलाई मानवअधिकार तालिम

    खबरपुञ्ज संवाददाता

    ९ फाल्गुन २०७८, मंगलवार

    लमजुङ । राष्ट्रिय मानवअधिकार आयोगले लमजुङको सुन्दरबजार नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई मानवअधिकार सम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ । जीवन मर्यादा, समानता र स्वतन्त्रताको अधिकार ः दिगो शान्ति र समृद्धिको आधार मूल नाराका साथ आयोगले जनप्रतिनिधि र कर्मचारीलाई मानवअधिकार सम्बन्धी अभिमुखीकरण प्रदान गरेको हो ।

    नगरप्रमुख जनकराज मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आयोगका क्षेत्रीय कार्यालय प्रमुख चन्द्रकान्त चापागाइँ र मानवअधिकार प्रबर्धन तथा वकालत महाशाखा प्रमुख दिपेन्द्रबहादुर सिंहले मानवअधिकारका बारेमा सहजीकरण गरेका थिए ।

    कार्यक्रममा नगरपालिकाका उपप्रमुख ज्ञानु शाह, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले मन्तव्य राखेका थिए ।

    नगरप्रमुख मिश्रले मानवअधिकार रक्षा र प्रबद्र्धनका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको बताए । उनले भने, ‘हाम्रो नगरपालिकाले निर्माण गर्ने सबै पूर्वाधार मानवअधिकार बनाउने गरेका छौ ।’