हाइग्राउड पोखरामा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट नि:शुल्क
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    हाइग्राउड पोखरामा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट नि:शुल्क

    खबरपुञ्ज संवाददाता

    ९ फाल्गुन २०७८, मंगलवार

    पाेखरा । सन् २०१० देखि सन्चालनमा रहेको नेपालकै पहिलो र लामो जिपलाइनको सन्चालक पोखराको हाइग्राउण्ड एडभेन्चर्समा जिपलाइन गर्ने पर्यटकले अन्नपूर्ण केवलकारको टिकट नि:शुल्क पाउने भएका छन् ।

    जिपलाइन बुक गरेपछि केवलकारमा चढी सराङ्कोट पुगेर जिपलाइन गरि हेम्जा झर्न सकिन्छ । लेकसाइड पामे रोडमा रहेको सेदि बगरबाट सराङ्कोट पुग्ने केवलकारको दुरि २.१६ किलोमीटर पार गर्न नै मिनेट लाग्छ ।

    केवलकारको टप स्टेसनबाट पाँच मिनेट हिंडे पछी सराङ्कोटको भ्यु टावर पुगिन्छ । समुन्द्री सतहबाट एक हजार छ सय मिटर उचाइमा रहेको सराङ्कोटबाट फराकिलो हिम शृङ्खला, फेवाताल, पोखरा सहरको मनमोहक दृश्य सँगै प्याराग्याइडिङको उडान नजिकैबाट नियाल्न पाइन्छ ।

    जिप लाइनमा बिश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड ‘जिप फ्लायर’को फ्रेन्चाइज रहेको हाइग्राउण्डले पोखरामा सन्चालन गरिरहेको बिश्वकै भिरालो र छिटो (द वल्ड्स स्टिपेस्ट एण्ड फास्टेस्ट) जिपलाइनमा सुपरम्यम जिपलाइनको समेत सुरुवात गरेको छ । जिपलाइनको टप स्टेसन सरङ्कोटबाट बटम स्टेशन हेम्जा सम्म भर्टिकल ड्रप (भिरालो) ६ सय मिटर रहेको छ ।

    यति धेरै भिरालो भएको जिपलाइन बिश्वमै अरु नभएकोले अफिसियल वल्ड रेकर्डमा ‘बिश्वकै भिरालो जिपलाइन’का रुपमा दर्ता गर्न आवेदन दिइएको र सो को लागि काम भैरहेको कम्पनीले बताएको छ । बिश्वकै लामो मध्येको उक्त जिपलाइनको १ हजार ८ सय पचास मिटर दुरि सुपरम्यान जिपलाइनमा पार गर्न औसत १ सय चालीस किमि प्रती घण्टाको गतिमा अधिकतम समय १ मिनेट लाग्छ ।