एमसिसीमा दोहोरो भूमिकाले माओवादीमा असन्तुष्टि, विकासले पनि दिए राजिनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमसिसीमा दोहोरो भूमिकाले माओवादीमा असन्तुष्टि, विकासले पनि दिए राजिनामा

    खबरपुञ्ज संवाददाता

    १४ फाल्गुन २०७८, आईतवार

    दमाैली । एमसिसी प्रकरणमा दोहोरो भूमिका निर्वाह गरेको नेकपा माओवादीभित्र कार्यकर्ताको असन्तुष्टि बढ्दै गएको छ । शनिबारसम्म एमसिसीको विपक्षमा उभिँदै आएको माओवादीले आइतबार मात्रै औपचारिक रुपमा एमसिसी पारित गर्ने निर्णय गरेसँगै नेता तथा कार्यकर्ता असन्तुष्ट छन् ।

    एमसिसी प्रकरणका कारण तनहुँक नेता तथा कार्यकर्ताले पदबाट राजिनामा दिन सुरु गरेका छन् । वाइसिएल नेपालका केन्द्रीय अनुशासन विभाग सदस्य विकास नेपालीले पदबाट राजिनामा दिँदै जनतासँग भन्दा अमेरिकासँग भरोसो भएपछि पार्टीमा नबस्ने घोषणा गरेका छन् ।

    अरु पार्टीभन्दा फरक नहुनी, सत्तासँग सति जानीहरुसँग सति जान नसकिने भन्दै उनले भनेका छन्, ‘तिमी त कांग्रेस, एमाले जति इमानदार पनि देखिएनौ, कम्तिमा उनीहरु त पहिल्यै नै पास गर्न भने ।”

    वाइसिएल तनहुँका सचिव एवं म्याग्दे गाउँ कमिटी वडा नम्बर १ का अध्यक्ष अनिल अधिकारीले पनि पदबाट राजिनामा दिने घोषणा गरिसकेका छन् ।