एमाले भिमादमा सचिवालय कमिटी गठन, वडा इन्चार्च तोकियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले भिमादमा सचिवालय कमिटी गठन, वडा इन्चार्च तोकियो

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०७८, बिहीबार

    भिमाद । नेकपा एमाले भिमाद नगर कमिटीले २१ सदस्यीय सचिवालय कमिटी गठन गरेको छ । नगर कमिटीको बुधबार सम्पन्न तेस्रो पूर्ण बैठकले २१ सदस्यीय सचिवालय कमिटी गठन गरेको हो ।

    सचिवालयमा नगर कमिटी अध्यक्ष इमान थापा, उपाध्यक्ष चतुर्भुज सुवेदी, सचिव उमाकान्त श्रेष्ठ, उपसचिवद्वय पदम सेन ठकुरी, भिम सिंह थााप “बलु”, कार्यालय सचिव लाल बहादुर थापा “लालु” सदस्यहरु सोमनाथ शर्मा, हर्क बहादुर थापा, चन्द्रावती श्रेष्ठ, झक बहादुर थापा, रामभक्त गैह्रे,निरोज खनाल, जिम बहादुर राना, वीर बहादुर बस्याल “वीरु”, सन्तोष थापा “प्रेम” खिम बहादुर थापा, पवित्रा थापा, नारायणी गैह्रे लामिछाने, शिव कुमार आले, दिनेश थापा र माधव थापा रहेका छन् ।

    बैठकले सबै वडामा इन्चार्ज समेत तोकेको छ। वडा इन्चार्जमा १ देखि ९ वडा सम्म क्रमश : सोमनाथ शर्मा, दिनेश थापा, चन्द्रावती श्रेष्ठ, झक बहादुर थापा, रामभक्त गैह्रे, निरोज खनाल, जीम बहादुर राना, सन्तोष थापा “प्रेम” र खिम बहादुर थापालाई जिम्मेवारी प्रदान गरिएको छ । बैठकले ८५ सदस्यीय नगर सल्लाहकार परिषद गठन गरेको छ । नगर कमिटीले यही चैत्र ४ र ५ गते नगर स्तरीय पार्टी प्रशिक्षण गर्ने जनाएको छ ।