दमौली । तनहुँको व्यास नगरपालिका–१ मोहोरियाटारमा करेन्ट लागेर बिहीबार एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ६८ वर्षीय ओमबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
घरदेखि ६०÷७० मिटर तल खोलाबाट पानी तान्न मोटर चलाउने क्रममा करेन्ट लागी घाइते नेपालीको उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।