दमौली । प्रेस चौतारी नेपाल गण्डकी प्रदेशका नवनिर्वाचित महासचिव आश गुरुङलाई तनहुँ शाखाले शुक्रबार दमौलीमा स्वागत एवं बधाई ज्ञापन गरेको छ । पोखरामा बिहीबार सम्पन्न प्रथम अधिवेशनबाट निर्वाचित गुरुङलाई तनहुँ शाखाले स्वागत गरेको हो ।
शाखाका अध्यक्ष राजकुमार श्रेष्ठ, केन्द्रीय सदस्य नारायण खड्का, पूर्व केन्द्रीय सदस्य प्रेमप्रसाद पौडेल लगायतले नवनिर्वाचित महासचिव गुरुङलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।
सो अवसरमा बोल्दै गुरुङले सङ्गठनलाई सुदृढ बनाउनेतर्फ भूमिका खेल्ने बताए। पत्रकार जहिल्यैपनि व्यावसायिक र निष्पक्ष बन्नुपर्नेमा जोड दिँदै गुरुङले निष्पक्षतामा कसैसँग सम्झौता गर्न नहुने बताए ।