दमौली । नेपाल मुस्लिम इत्तेहाद संगठन तनहुँको अध्यक्षमा रमजान अली चयन भएका छन् । संगठनको शनिबार आयोजित चौथो जिल्ला अधिवेशनले अलीको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरेको हो ।
अधिवेशेनबाट संगठनको उपाध्यक्षमा मकबुल मिया, सचिवमा अलाउदिन मिया, कोषाध्यक्षमा अलिजा मिया र सहसचिवमा मोहम्मद सम्शुल हक मिया चयन भएका छन् ।
संगठनका अध्यक्ष इसुफ महमद मियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष सिरोज फारुकी, एमाले तनहुँका निवर्तमान अध्यक्ष केदार सिग्देल, नजिर मिया, संविधानसभा सदस्य हसिना बेगम लगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन मनसुर अहमदले गरेका थिए ।