नेकपा एसका जिल्ला सदस्य सुनारले समाजवादी छाडे, फर्किए एमालेमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपा एसका जिल्ला सदस्य सुनारले समाजवादी छाडे, फर्किए एमालेमा

    खबरपुञ्ज संवाददाता

    ३० फाल्गुन २०७८, मंगलवार

    दमाैली । नेकपा एकीकृत समाजवादी तनहुँका सदस्य अर्जुन सुनार नेकपा एमालेमा फर्केका छन् । सुनारले मंगलबार सामाजिक सन्जाल मार्फत आफू नेकपा एमालेमा फर्केको जानकारी दिएका छन् ।

    नेकपा एकीकृत समाजवादीकाे संलग्नतामा एमसिसी पारित गरिएपछि सुनार असन्तुष्ट रहँदै आएका थिए । उनले केही दिन यता सामाजिक सन्जाल मार्फत् आफ्नो असन्तुष्टि सार्वजानिक गर्दै आएका थिए । सुनार स्वरोजगार श्रमिक संघका गन्डकी प्रदेश अध्यक्ष समेत हुन् ।