दमाैली । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनका लागि तनहुँमा प्रवक्ता मोहन श्रेष्ठलाई प्रतिनिधिको रुपमा खटाएको छ । निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालनका लागि राप्रपाले तनहुँमा श्रेष्ठलाई प्रतिनिधिको रुपमा खटाएको हो ।
चैत २८ गते देशभर एकैसाथ घरदैलो कार्यक्रम शुभारम्भ हुनेछ । राप्रपाले चुनावलाई लक्षित गरी जिल्ला समितिको बैठक, जिल्लाको सङ्गठनात्मक अवस्था, उम्मेदवार छनौट, विभिन्न अभियानका लागि प्रतिनिधि खटाएको हो ।