दमौली । दुई युवा समूहबीच बिहीबार राति झगडा हुँदा दमौलीमा दुई जना घाइते भएका छन् । पोखरा र दमौलीका युवाबीच झगडा हुँदा दुई घाइते भएका हुन् ।
व्यास-५ मानुङमा भएको झगडामा व्यास-४ का दीपेन्द्र सिंह र व्यास-३ का कमल रामदाम घाइते भएका हुन् । सिंहको टाउकोमा २२ र रामदामको चिउडोमा १० टॉका लगाइएको छ ।
घाइतेको समाधान अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गर्ने युवाहरुको पहिचान नभएको र उनीहरु फरार रहेको प्रहरीले जनाएको छ ।