शुक्लागण्डकीमा अनेमसंघ क्रान्तिकारी गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    शुक्लागण्डकीमा अनेमसंघ क्रान्तिकारी गठन

    खबरपुञ्ज संवाददाता

    ११ चैत्र २०७८, शनिबार

    दुलेगौडा । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको शुक्लागण्डकी नगर कमिटी गठन गरिएको छ । शनिबार दुलेगौँडामा भएको प्रथम नगर अधिवेशनले शारदा क्षेत्रीको अध्यक्षतामा ४५ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

    नगर कमिटीको उपाध्यक्षमा शोभा गुरुङ, सिता अधिकारी, आरती सुवेदी चयन भए । सचिवमा सिता बराल, सहसचिवमा कल्पना थापा कुमाल र कोषाध्यक्षमा शुष्मा लम्साल पौडेल चयन भए ।

    अनेमसंघ क्रान्तिकारी शुक्लागण्डकीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रूय अध्यक्ष अमृता थापा मगरले जनयुद्धमा महिलाले खेलेको भुमिकाको कारण नै सफल भएको बताईन् । अब महिलाले प्राप्त अधिकार कार्यन्वयनका लागि माओवादीको झण्डा मुनि गोलबद्ध हुनुपर्ने उनको भनाई छ । ‘युद्ध लड्न तयार भएझै अब चुनाव लडेर सफल हुनका लागि महिलाहरु अगाडी बढ्नपर्दछ’, उनले भनिन् ।

    माओवादी केन्द्र शुक्लागण्डकीले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन नजिकिएसँगै संगठन विस्तारलाई तिब्रता दिएको छ । शुक्रबार मात्रै माओवादीले शुक्लागण्डकीमा ज्येष्ठ कम्युनिष्ट मञ्च र सल्लाहाकार परिषद गठन गरेको थियो ।