ऋषिङ । ऋषिङ गाउँपालिकाको अध्यक्षका लागि नेकपा एमालेका चार जनाले दावी गरेका छन् । सोमबार आयोजित बैठकमा एमालेका चार जनाले अध्यक्षका लागि आकांक्षा व्यक्त गरेका हुन् ।
गाउँपालिका अध्यक्षका लागि एमाले जिल्ला उपाध्यक्ष हरिराज कंडेल, सचिव राजेश्वर ढकाल, ऋषिङ गाउँ कमिटीका अध्यक्ष गन्जसिं गुरुङ र सचिव कविराज श्रेष्ठले इच्छा व्यक्त गरेका छन्।
यस्तै उपाध्यक्षका लागि हुमादेवी रानाभाट, मधुमाया थापा, तारादेवी थापा र सुशीला गिरीले आकांक्षा व्यक्त गरेका छन् ।
बैठकले आशिष गिरीको संयोजकत्वमा युवा स्वयंसेवक परिचालन कमिटी, पदम खॉडको संयोजकत्वमा बुथ संरक्षण समिति गठन गरेको छ।