सहिद विष्णु जमरकट्टेलकाे स्मृति दिवस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सहिद विष्णु जमरकट्टेलकाे स्मृति दिवस

    खबरपुञ्ज संवाददाता

    २७ चैत्र २०७८, सोमबार

    दमाैली । सहिदको सपना पूरा गर्नुपर्ने तनहुँमा साेमबार आयोजित एक कार्यक्रममा जोड दिइएको छ । तनहुँको व्यास नगरपालिका–६ शिशाघाटस्थित सहिद विष्णु जमरकट्टेलको २१ औं स्मृति दिवसमा बोल्दै वक्ताहरुले सहिदको सपना पूरा गरे मात्रै सच्चा श्रद्धाञ्जली हुने धारणा राखे ।

    विष्णु जमरकट्टेल स्मृति प्रतिष्ठानले आयोजना गरेको स्मृतिसभामा बोल्दै नेपाली काङ्ग्रेस तनहुँका सभापति जितप्रकाश आलेले सहिदको सपना बाँचेकाहरुले पूरा गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका निवर्तमान सभापति वैकुण्ठ न्यौपाने, सचिव लक्ष्मीभक्त खनाल, सदस्य केशबहादुर सुनार, महाधिवेशन प्रतिनिधि अशोककुमार श्रेष्ठ, वडाध्यक्ष सूर्यभक्त भण्डारी, वडा सभापति ढालप्रसाद घिमिरे लगायतले जमरकट्टेलले देखाएको बाटो सबैले अवलम्बन गर्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राखे ।

    प्रतिष्ठानले हरेक वर्ष शिशाघाटमा जमरकट्टेलको स्मृतिमा श्रद्धाञ्जली सभा गर्दै आइरहेको छ । विसं विसं २००७ माघ १९ गते जन्मिनुभएका उहाँ तत्कालिन विद्रोहीबाट विसं २०५७ चैत २८ गते मारिएका थिए ।