एमालेका दुई बहालवाला जनप्रतिनिधि : जो पार्टीबाट सिफारिस हुन सकेनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमालेका दुई बहालवाला जनप्रतिनिधि : जो पार्टीबाट सिफारिस हुन सकेनन्

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०७८, मंगलवार

    दमौली । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बहालवाला जनप्रतिनिधिको दोहोरिने इच्छा छ । जिल्लाका सबैजसो पालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष फेरि सोही पदमा दोहोरिन इच्छुक छन्। त्यसका लागि उनीहरुले पार्टी कमिटीमा इच्छा व्यक्त गरिसकेका छन् ।

    नेपाली कांग्रेसले नेतृत्व गरेको पालिकामध्ये भानुका प्रमुखले मात्र सोही पदमा इच्छा व्यक्त गरेनन् । भानुका मेयर उदयराज गौलीले यसपटक समन्वय समिति ताकेका छन् । त्यसका लागि उनी भानु-११ बाट वडा सदस्य हुने दाउमा छन् । ऑबुखैरेनी, व्यास, म्याग्दे, ऋषिङ र शुक्लागण्डकीका प्रमुख/अध्यक्ष भने सोही पदमा पुन: दोहोरिन चाहन्छन् ।

    एमालेमा पनि दोहोरिन चाहने जनप्रतिनिधि छन् । देवघाट, भिमाद, घिरिङका अध्यक्ष/प्रमुख पुन: दोहोरिन लागिपरेका छन्। त्यसका लागि पार्टी कमिटीले आकांक्षीको नाम संकलन गरेको छ। एमालेले भने विधान बमोजिम आवश्यक उम्मेदवार मात्रै सिफारिस गर्ने सुरुआत गरेको छ। भिमाद र घिरिङबाट उक्त कामको सुरुआत भएको छ।

    भिमादका मेयर मेखबहादुर थापा पुन: मेयर हुन चाहन्थे । तर उनी नगर कमिटीबाट सिफारिस हुन सकेनन् । उम्मेदवार सिफारिसका लागि पार्टीभित्र भएको मतदानमा उनी पछि परेका छन्। उपमेयर शारदा खनाल भने अत्याधिक मत प्राप्त गरी पुन: उपमेयरका लागि सिफारिस भएकी छन् ।

    यस्तै घिरिङ गाउँपालिकाकी उपाध्यक्ष सरस्वती सिग्देल पनि सिफारिस हुनबाट वञ्चित भएकी छन् ।