जापान जान लागेकी तनहुँकी साेविताले किन बोकेकी थिइन् झोलामा गोली?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जापान जान लागेकी तनहुँकी साेविताले किन बोकेकी थिइन् झोलामा गोली?

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०७८, मंगलवार

    काठमाडौं । चैत २७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ राउण्ड गोली सहित प्रहरीले एक युवतीलाई प्रहरीले नियन्त्रणमा लियो। तनहुँ भानु नगरपालिका-७ की २७ वर्षीया सोविता नेपालीलाई आइतवार राति पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

    नेपाल एयरलाइन्सको उडानबाट काठमाडौंबाट मलेसिया हुँदै जापानको नारिता जान लागेकी थिइन् उनी। तर, विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको झोलामा गोली फेला पारेको भन्दै नियन्त्रणमा लियो।

    उनले बोकेको घ्यू रंगको लेडिज हाते व्यागलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्स- रे ‘ए’ मा चेकजाँच गर्ने क्रममा कालो रंगको वालेटभित्र केएफ 13 5.56 लेखिएको गोली राउण्ड- १ (एक) फेला परेको हो।

    उनले झोलाभित्र किन गोली लिएर गइन् भन्ने विषयको अनुसन्धान प्रहरीले गरिरहेको छ। महानगरीय प्रहरी वृत्त गौशालामा राखेर उनीमाथि अनुसन्धान भइरहेको छ। जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको वृत्तका प्रमुख केशव भट्टराईले बताए।

    उनले घरमा भेटिएको गोली पर्समा साना नानीहरुले हाल्दिएको र आफुले झिक्न बिर्सिएको बयान दिएकी छिन्। गोलीको गलामा माला बनाएर पनि लगाइने चलन रहेको छ। उनले पनि गोलीको माला बनाएर लगाउनको लागि लगिएको खुलेको छ।

    प्रहरीले बरामद गरेको गोली प्रयोग भइसकेको तर नपड्किने प्रकारको भएको खुलेको छ। १० वर्षे जनयुद्धका क्रममा लुकाएका, फ्यालिएका हतियारका अवशेष अहिले पनि गाउँघरमा भेटिने गरेका छन्। त्यसैले कुनै ठाउँमा प्रयोग भएका वा नभएका गोली भेटिने सम्भावना हुन्छ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।